Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तान,अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिमलाई नागरिकता दिने विधेयक भारतमा स्वीकृत, विपक्षीको विरोध

मिलन खड्का

बुधबार, १८ मंसिर २०७६, १५ : ४३ मा प्रकाशित

पाकिस्तान,अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिमलाई नागरिकता दिने विधेयक भारतमा स्वीकृत, विपक्षीको विरोध

अर्थ संसार,नयाँदिल्ली- पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको नागरिकता (संशोधन) विधेयकभारतीय संघीय मन्त्रिपरिषदले बुधबार स्वीकृत गरेको छ ।

प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिनुभएको हो । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ । 

केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरु मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्री सहित धेरै राजनीतिक नेताहरु र अधिकारकर्मीहरुसँग छलफल गर्नुभएको थियो । 

भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षी दलहरुले उक्त विधेयकको विरोध गरेका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरुको भनाई छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको