Like us!
Follow us!
Connect us!
Watch us!

छिटो मर्जरमा जान बैंकलाई गभर्नरको निर्देशन, ग्लोबल र जनताका शेयरधनीलाई दिए धन्यवाद ! (भिडियोसहित)

अर्थ संसार

आइतबार, २२ मंसिर २०७६, ०५ : ०५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालले बाणिज्य बैंकहरुलाई एक आपसमा मर्जरमा जान निर्देशन दिएका छन् ।

गभर्नर डा. नेपालले शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको एकिकृत वित्तीय कारोबार शुभारम्भको समारोहमा सम्बोधन गर्दै  बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएका हुन् ।

 ग्लोबल आईएमई र जनता बैंकको एकिकृत कारोबार शुभारम्भ (फोटोफिचर)

नेपाल राष्ट्र बैंकले मर्जर पोलिसी निरन्तर गरिरहन्छ, बैंकले समयमै सोचेर, विचार गरेर केही बैंकहरु  हामीकहाँ आउनु पनि भएको छ र अरु बैंकहरु पनि आउन अनुरोध गर्दै गभर्नर डा.भने 'जनता बैंक र ग्लोबल आइएमई बैंक वित्तीय क्षेत्रको एउटा नमूना हो ।'

गभर्नरको बैंकका कर्मचारीलाई प्रश्न :चेकबुक कसलाई दिनुपर्ने थाहा छैन, यो जस्तो लाजमर्दो कुरा केहि हो ? (भिडियोसहित) 

नेपाल राष्ट्र बैंकको मर्जर पोलिसीलाई सहयोग गरिदिनु भएकोमा यी दुवै बैंकका शेयरधनीलाई धन्यवाद दिदै गभर्नर डा. नेपालले राष्ट्रले कुनै पनि पोलिसी निर्माण गर्दा गहिरो अध्ययान गरेर लिने भएकाले यस मर्जर पोलिसीलाई सवै बैंकले सहयोग गर्ने अपेक्षा गरेको बताए । 

हेरौ भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको