Like us!
Follow us!
Connect us!
Watch us!

"यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन"-जोजिबीनी तुन्जी, मिस युनिभर्स

मिलन खड्का

सोमबार, २३ मंसिर २०७६, १२ : ५३ मा प्रकाशित

"यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र  कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन"-जोजिबीनी तुन्जी, मिस युनिभर्स

अर्थ संसार,  एटलान्टा- एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् ।

महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जित्नु भएको छ । पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए ।

तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । “म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।” एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित यस भव्य प्रतियोगितामा तुन्जीले मिस युनिभर्सको लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको