Like us!
Follow us!
Connect us!
Watch us!

दुई परियोजनाको सफलतापछि अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना गर्दै

बुधबार, २५ मंसिर २०७६, १३ : ०९ मा प्रकाशित

दुई परियोजनाको सफलतापछि अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना गर्दै

अर्थ संसार, काठमाडौं– अपी पावर कम्पनीले मिति २०७६ कार्तिक १३ गते देखि माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । यो सँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको हो ।

 माथिल्लो नौगड गाड आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्ने र  विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आय आर्जन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।सो भएमा कम्पनीको आयमा बार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ । कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जानेछ कम्पनीको योजना रहेको छ ।

 माथिल्लो नौगड गाड आयोजनाका लागी नेपाल एस.बि.आई. बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगतरु. १२० करोड कर्जा उपलब्ध गराएको आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ ।

यस आयोजनामा Andritz Hydro  द्वारा उत्पादन गरिएको दुई सेट टर्बाइन तथा जेनरेटर लगाएतका उपकरणहरु जडान गरिएको छ । यस अघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मे.वा. साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजना विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।

अब कम्पनीले सोही क्षेत्रमा नयाँ आयाजनाको रुपमा ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने भएको छ । यसका लागी चाहने सबै स्विकृतिहरु प्राप्त भईसकेको कम्पनी बताउछ।  यो आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति  नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिने हुँदा यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणको लागी सजिलो भएको छ । यो आयोजना बाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुने कम्पनीको थमाई छ ।यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२डायमिटरको Penstock Pipeको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिने कम्पनीको योजना छ। 

अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र  बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गर्ने र २०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको