Like us!
Follow us!
Connect us!
Watch us!

नायिका आना कोकमार्फत आफ्ना भावना प्रशंसकसँग बाँड्दै

बुधबार, १९ असोज २०७३, १० : ३५ मा प्रकाशित

नायिका आना कोकमार्फत आफ्ना भावना प्रशंसकसँग बाँड्दै


अर्थ संसार, 
 काठमाडौं– अभिनेत्री आना शर्माले काठमाडौंको विभिन्न भागहरुमा भ्रमण गर्दै प्रशंसकहरुलाई कोका–कोला बाँडिरहेकी छिन । भेटेका सबैलाई आफ्ना भावना प्रियजनसँग बाँड्न उत्साहित गरिरहेकी छन् । पहिलो दिनमा उनले पाटनको लाबिम मलको भ्रमण गरिन् । उनीलाई देखेर युवाहरु एकदमै उत्साहित भएको कोकाकोलाले जनाएको छ ।

दोस्रो दिन उनले सिभिल मल, सिभिल मल क्यूएफएक्स, वल्र्ड ट्रेड सेन्टर भाटभटेनी, विगमार्ट नक्सालको भ्रमण गरिन । सबैजसो स्थानहरुमा प्रशंसकहरुले उनलाई अटोग्राफसहितको कोक बोतल लिन घेरेका थिए । उनीहरुले आनासँग सेल्फी पनि खिचे ।

दशैं र तिहारको महोत्सवको अवधिभर कोका–कोलाले आफ्ना मनपर्नेहरुका साथमा भावना बाँड्न उत्साहित गर्न अभियानको रुपमा विशेष संदेश लेखिएको कोका–कोला बोतल सार्वजनिक गरेको छ । चाडहरुको शुभ अवसरमा  ‘मन खोलौं कोकसँग अभियान’ सहितको बोतल ल्याएको छ ।

कोका–कोला नेपालका देशीय निर्देशक आलोक कोहलीले आफ्ना भावनाहरु साट्न दशैंभन्दा ठुलो अर्को अवसर नभएको बताउँदै चाडपर्वमय मौसममा कोक बाँड्दै आफ्ना मनपर्नेहरुका साथमा रमाउन अग्रह गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको