Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकलाई टाटा नेक्सनका भेरियन्टहरू डेलिभरि

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १३ : ३० मा प्रकाशित

नेपाल एसबिआई बैंकलाई टाटा नेक्सनका भेरियन्टहरू डेलिभरि

अर्थ संसार, काठमाडौं – ­टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ ।

टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान ‍पुर्याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरूलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । 

हालैमात्र नेपाल एसबिआई बैंकलाई टाटा नेक्सनका विभिन्न भेरियन्टहरू भव्य रूपमा डेलिभरि गरिएको छ । त्यस्तै, अन्य बैङ्क तथा बित्तिय संस्थाहरू र व्यवसायीक क्षेत्रहरूबाट अग्रिम बुकिङ्ग भैरहेको छ ।

एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको