Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले सिद्धार्थ विकास बैंकलाई खरिद गर्ने

शुक्रबार, २० फागुन २०७३, १० : २८ मा प्रकाशित

जनता बैंकले सिद्धार्थ विकास बैंकलाई खरिद गर्ने

अर्थ संसार 
काठमाडौं–  सिद्धार्थ विकास बैंक  जनता बैंकमा गाभिने भएको छ । जनता बैंकले सिद्धार्थ बैंक खरिदको जानकारीसंगै सिद्धार्थको कारोबार समेत रोक्का गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

सिदार्थ विकास बैंकको हाल एक अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले पुस मसान्त सम्म १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले ७२÷७३ मा २४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । जनता बैंकको त्रिवेणी विकाससँगको मर्जर प्रकृयाका कारण यसअघि नै कारोबार रोकिएको थियो ।

जनता बैंकको हाल दुई अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले पुस मसान्तसम्म १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  जनता, त्रिवेणी र सिद्धार्थ मिलेपछि नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी लगभग पुग्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको