Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लाग्याे बसन्त

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १५ : ०५ मा प्रकाशित

शेयर बजारमा लाग्याे बसन्त

अर्थ संसार, काठमाडौं – आज (आइतबार) शेयर बजार ४२.६१ अंकले बढेकाे छ । कुल १७९ वटा कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ रुपैयाँको कारोबार भएकाे छ ।

१२१३.११ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२५५.७२ अंकमा आइपुगेको छ ।

आइतबार १२ उपसमूहकै शेयर बढेकाे छ । 

बैंकिङ २७.३ अंक, व्यापार ११.५९ अंक, होटल ७५.८४ अंक, विकास बैंक ४३.३३ अंक, जलविद्युत ३१.०७ अंक, फाइनान्स १३.९२ अंक, निर्जिवन लाइफ ३८४.२१, उत्पादन ३४.५४ अंक, अन्य १७.९२ अंक, माइक्रोफाइनान्स १२२.२ अंक लाइफ इन्स्योरेन्स ४०९.२७ अंक र सामूहिक लगानी कोष समूह ०.२४ अंकले बढेको छ ।

 

5e1ae9fe72587.jpg 5e1aea041ce68.jpg 5e1aea08ee3c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको