Like us!
Follow us!
Connect us!
Watch us!

लाइसेन्सलाई कमाउने धन्दा बनाउँदा पक्राउ

अर्थ संसार

सोमबार, २८ पुस २०७६, १० : ३५ मा प्रकाशित

लाइसेन्सलाई कमाउने धन्दा बनाउँदा पक्राउ

अर्थ संसार, काठमाडौं– नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ ।

 महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार  एकान्तकुनाबाट पक्राउ गरेको हो ।

 महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए । 

 पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको