Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेतालाई उपहार हस्तान्तरण

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, १५ : ५६ मा प्रकाशित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेतालाई उपहार हस्तान्तरण

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेसले “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेतालाई उपहार हस्तान्तरण गरेकाे छ ।

सिटी एक्सप्रेसले मनि ट्रान्सफरका अभिकर्ताहरूको वैकल्पिक आय आर्जनका लागि जीवन बीमाको अभिकर्ताको रूपमा समेत कार्य गर्ने अवसर प्रदान गरि बीमा सम्बन्धि कार्यलाई प्रोत्साहन गर्न “दशैं–तिहारमा उपहारको बहार” योजना २०७६ भाद्र १५ देखि २०७६ पौष १५ सम्म संचालन गरेकोमा उक्त अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टिभी र ढल्को स्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्राप्त गर्न सफल भएका छन् ।

कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरि सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टन्डनबाट बिजेताहरूलाई उपहार हस्तान्तरण गरिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको