Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र

निशा हुमाँगाई

शुक्रबार, ०३ माघ २०७६, १५ : २९ मा प्रकाशित

काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र

अर्थ संसार, काठमाडौं – काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर सन्चालनमा ल्याइएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई परामर्श दिइरहेको नायरको अगुवाईमा उक्त सेन्टर सन्चालनमा ल्याइएको हाे ।

हिजाे (बिहिबार) एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उद्घाटन गरेका हुन् । 

नायरको अगुवाईमा यो सूचना केन्द्र स्थापना गरिए पनि यसमा शैक्षिक परामर्शमा रहेका अन्य सबै संघसंगठनको पनि सहभागिता रहने र यसले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई सहयोग गर्ने विश्वास आफूले लिएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताएका छन् ।

 यसैगरी, कार्यक्रममा यो कामको प्रशंसा गर्दै राजदूत बडले भने, ‘यो अत्यन्त सकारात्मक काम हो, यसले नेपाली विद्यार्थीहरूलाई ठूलो सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।’

यस्तै, कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले यो सूचना केन्द्रबाट विद्यार्थी, अभिभावक तथा नेपालका अन्य सरोकारवालाहरूलाई धेरै फाइदा पुग्ने बताए । त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले पनि शैक्षिक परामर्श क्षेत्रका लागि र अष्ट्रेलिया जान चाहनेका लागि यो सुरूवात निकै राम्रो भएको बताएका छन् ।
  

5e218476a45b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको