Like us!
Follow us!
Connect us!
Watch us!

भाडा घटाउँदै एयरलायन्सहरू

आइतबार, ०५ माघ २०७६, १३ : २१ मा प्रकाशित

भाडा घटाउँदै एयरलायन्सहरू

अर्थ संसार, काठमाडौं – पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै एयरलायन्सहरूले जनकपुर–काठमाडौं भाडा घटाएका छन् । भाडा घटाउने हरूमा बुद्ध र श्री एयरलायन्सहरू रहेका छन् ।

बुद्ध एयरलायन्सले भाडा घटाएर १ हजार ८ सय रूपैयाँ कायम गरेकोमा श्री एयरलायन्सले पनि घटाएर १ हजार ७ सय रूपैयाँ निर्धारण गरेको छ । श्री एयरलायन्सले भोलि (सोमबार) देखि उक्त भाडा लागु हुने जनाएको छ ।

बुद्ध र यति एयरलायन्सले जनकपुर काठमाडौं उडान भर्दै आएकोमा श्री एयरलायन्सले पनि सोमबारदेखि नियमित उडान गर्ने भएको छ । यस अघि माघ १ गते देखि उडान भर्ने बताएपनि सुरू हुन सकेको थिएन ।

जनकपुरबट तीन विमान कम्पनीले सेवा सुरूवात गरेपछि दैनिक दुई सयजना  जनकपुर–काठमाडौं र  जनकपुर–काठमाडौं आवत जावत गर्न सक्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको