Like us!
Follow us!
Connect us!
Watch us!

बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय

निशा पाण्डे

आइतबार, ०५ माघ २०७६, १५ : ५७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघनले शाही उपाधि परित्याग गर्नुभएको औपचारिक निर्णय भएको छ। बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उहाँहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो।

ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गर्नुभएको थियो। शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरुलाई आधार मानेर उहाँहरुको घोषणालाई स्विकृति दिने निर्णय गरेको हो।

शाही दरबारको यो निर्णयसँगै उहाँहरुले शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ। तर उहाँहरुलाई आगामी बसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ।

बेलायती महारानी एलिजावेथ द्धितियाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ।

“महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरुपछि रचनात्मक र सहयोगात्मक कामहरु गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु,” ९३ बर्षिय महारानीले वक्तव्यमा लेख्नु भएको छ। उहाँले भन्नु भएको छ, “ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुप¥यो।

म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु।” दरबारका अनुसार उहाँहरूको शाही उपाधि हटेपछि उहाँहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।

दरबारको यो निर्णयसँगै उहाँहरु अब राजपरिवारका औपचारिक सदस्य नरहने हुनुभएको वक्तव्यमा जनाइएको छ। ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताउनु भएको छ।

केही समयको प्रेम सम्वन्धपछि उहाँहरुले २०१८ मा विवाह गर्नु भएको हो। राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ बर्षको हुनुभएको छ भने उहाँकी श्रीमती मेघन ३८ बर्षको हुनुभएको छ। राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी हुनुहुन्थ्यो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको