Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, १० : १८ मा प्रकाशित

एनसीसी बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (साेमबार) अन्तिम दिन रहेकाे छ । बैंकले आफ्नाे २२औं वार्षिक साधारण सभा माघ १७ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडाैंमा बिहान ११ बजेलाई आह्वान गरेकाे छ ।

यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि भाेलिबाट बुकक्लोज गर्नेछ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

उक्त सभामा सञ्चालक समितिले निर्णय गरेकाे १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको