Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा सञ्चालनमा

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, १० : ५३ मा प्रकाशित

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा सञ्चालनमा

अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा हिजाेबाट थप चार वटा नयाँ शाखाहरू संचालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरू संचालनमा ल्याएको हाे ।

यसैगरी, उक्त शाखाहरूको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश नं ५ को जीतपुरमा शाखा विस्तार गरेको छ।  

यस्तै, यी शाखाहरू मार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरूस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।

सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रूप प्रदान गर्न यस बैंकले थप ४ वटा नयाँ शाखाहरू संचालनमा ल्याएको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको