Like us!
Follow us!
Connect us!
Watch us!

‘एक घर एक धारा’ अभियानले मख्खै स्थानीय बासिन्दा

बुधबार, ०८ माघ २०७६, १३ : ०० मा प्रकाशित

‘एक घर एक धारा’ अभियानले मख्खै स्थानीय बासिन्दा

अर्थ संसार, काठमाडाैं - स्याङजा जिल्लाको गल्याङ नगरपालिका –९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय वासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । खानेपानी समस्या समाधानका लागि कालिगण्डकी नदिकिनारको पानी २४० मिटरको उचाईमा तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको हाे ।

यसैगरी, दुई करोड २० लाखको लागतमा उक्त आयोजना सम्पन्न भएको उपभोक्ता समितिका  अध्यक्ष निमप्रसाद खनालले जानकारी दिएका छन् । सो आयोजनाका लागि गल्याङ नगरपालिकाले रू २० लाख, गण्डकी प्रदेश सरकारले रू एक करोड ७० लाख र उपभोक्ताहरूबाट रू ३० लाख बराबरको श्रमदान गरि कुल रू दुई करोड २० लाखको लागतमा आयोजना सम्पन्न गरिएको उपभोक्ता समितिले जानकारी दिएको छ ।

यस्तै, तानिएको पानी एक लाख लिटरको ट्याङ्कीमा जम्मा गरि त्यसबाट १३५ घरधुरीकालाई धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताएका छन् । स्थानीय बासी खानेपानी घरघरमा आएपछि खुशी भएका छन् । उपभोक्ता हिरा खनाल भन्छिन् “पहिला खानेपानि लिनका लागि गाउँदेखि तल रहेको धुवादी खोलामा जानु पर्दथ्यो । अहिले घरमै पानीको धारा आएपछि खुशी लागेको छ ।” अर्की उपभोक्ता देवी खनाल भन्छिन् “पानिकै कारणले मेलापात सँगै अन्य काम भ्याउन कठिन थियो । अहिले घरको कामसँगै समय निकालेर तरकारी लगाउन थालेका छौँ ।”

त्यसैगरी, पानीको समस्या भएको वडामा प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर पानीको सुविधा उपलब्ध गराइने गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताएका छन् । ­ रासस

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको