Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिन नै घट्याे शेयर बजार, काराेबार कति भयाे ?

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, १५ : ०१ मा प्रकाशित

साताकाे पहिलाे दिन नै घट्याे शेयर बजार, काराेबार कति भयाे ?

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार २०.७९ अंकले घटेकाे छ । कुल १७४ वटा कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता शेयर खरिदविक्री हुँदा ९६ करोड ५० लाख १८ हजार ६६२ रुपैयाँको कारोबार भएकाे छ ।

१२९७.४७ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२७६.६८ अंकमा आइपुगेको छ ।

आइतबार बैंकिङ १८.४५ अंक, व्यापार १६.७३ अंक, होटल ३९.८ अंक,  विकास बैंक २१.३१ अंक, जलविद्युत १८.९६, अंक, फाइनान्स १०.६७ अंक, निर्जिवन लाइफ १५१.७४ अंक, उत्पादन २६.०५ अंक, अन्य ६.७२ अंक, माइक्रोफाइनान्स २६.८१ अंक, लाइफ इन्स्योरेन्स १२४.९९ अंक र सामूहिक लगानी कोष समूह ०.०६ अंकले घटेकाे छ ।

 

5e2d5cae502d4.jpg 5e2d5cb25d187.jpg 5e2d5cb664b27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको