Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंककाे नाफा १०१.७१ प्रतिशतले बढ्याे, अरू सूचक के भयाे ?

निशा हुमाँगाई

बुधबार, १५ माघ २०७६, १४ : ४१ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंककाे नाफा १०१.७१ प्रतिशतले बढ्याे, अरू सूचक के भयाे ?

अर्थ संसार, काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ४ लाख ७ हजार  रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १०१.७१ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले १ करोड ५० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ११ करोड ८ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ८६.४१ प्रतिशत धेरै हाे ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा रहेको छ । बैंककाे प्रतिशेयर नेटवर्थ  ११९ रुपैयाँ ७३ पैसा रहेकाे छ ।  

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e314bd3a14d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको