Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्याे नागबेली लघुवित्तकाे नाफा

निशा हुमाँगाई

बुधबार, १५ माघ २०७६, १४ : ११ मा प्रकाशित

ह्वात्तै बढ्याे नागबेली लघुवित्तकाे नाफा

अर्थ संसार, काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड २२ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १०७.८३ प्रतिशत धेरै हाे । गत वर्ष संस्थाले १ करोड ७ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ६५.८१ प्रतिशत धेरै हाे ।

यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा रहेको छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १९७  रुपैयाँ ८० पैसा  रहेकाे छ ।  

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e31420e53061.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको