Like us!
Follow us!
Connect us!
Watch us!

आएइमई ग्रुपका अध्यक्ष ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १५ : ३१ मा प्रकाशित

आएइमई ग्रुपका अध्यक्ष ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित

अर्थ संसार, काठमाडौं – आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।

एसियाली व्यवस्थान संघहरूको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्धारा शुक्रबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरेका हुन् ।

यसैगरी, राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यवसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका कुशल एवम् सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

त्यस्तै, सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।
नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उनको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।

अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । उनले यो सम्मान आफूले ग्रहण गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान भएकाे बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको