आइतबार, ११ फागुन २०७६
नेप्सेमा दुई कम्पनीको २२ लाख ९१ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?
बिहिबार, ०१ फागुन २०७६

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार हिमालयन डिष्टिलरी लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड बाेनस शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको गरी ६३ लाख ८ हजार ६१८ कित्ता शेयर सूचिकृत भएको छ ।

हिमालयन डिष्टिलरी लिमिटेडकाे १९ लाख २८ हजार २२७ दशमलव ५० कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३ लाख ६३ हजार कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved