Like us!
Follow us!
Connect us!
Watch us!

अब सजिलै तिर्नुहाेस् नेपाल लाइफको बीमा शुल्क इसेवाबाट

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १६ : ०७ मा प्रकाशित

अब सजिलै तिर्नुहाेस् नेपाल लाइफको बीमा शुल्क इसेवाबाट

अर्थ संसार, काठमाडौं - जीवन बीमाको क्षेत्रमा नेपालको अग्रणी कम्पनी नेपाल लाइफ  इन्स्योरेन्सकाे बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ ।

अनलाइन मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ  इन्स्योरेन्सका तर्फबाट सहायक  प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका छन् ।

यसैगरी, सम्झौतासँगै अब नेपाल लाइफ  इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका  २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुनेछन् । 

त्यस्तै, नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोनपे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।'

यस्तै, इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर करिव ८० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

त्यसैगरी, २०५८ सालमा  पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको नेपाल लाइफ इस्योरेन्स प्रथम अग्रणी जिवन बीमा कम्पनी हो । कम्पनीले नेपालका विभिन्न भागमा रहेका २ सय वटा शाखा तथा उपशाखा मार्फत  सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले साबधिक, धनवर्षा,आजीवन, म्यादी लगायतका विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको