Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीलाई अत्यन्त जरूरी सूचना

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १२ : १३ मा प्रकाशित

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीलाई अत्यन्त जरूरी सूचना

अर्थ संसार, काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय  संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । कम्पनीकाे ७ औं वार्षिक साधारण सभाबाट पारित भएकाे १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएकाे छ ।

त्यसैगरी, कम्पनीले आफ्नाे डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नाे डिम्याट खाता रहेकाे निक्षेप सदस्यकहाँ सम्पर्क राखी  डिम्याट खातामा बैंक खाता समेत अद्यावधिक गराउन सम्पूर्ण  शेयरधनीहरुलाई अनुराेध गरेकाे छ ।

कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट आफ्ना शेयरधनीलाई ३२.५०% बोनस शेयर र कर प्रयोजनसहित १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले उक्त नगद लाभांश कर कटाएर शेयरधनीको खातामा पठाइएको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको