Like us!
Follow us!
Connect us!
Watch us!

१९ प्रतिशत व्याजबाट थलिदै सर्वसाधारण, १४ करोडमा खुलेको लघुवित्तको मुनाफा ६ महिनामै साढे २२ करोड

अर्थ संसार

विहीबार, ०८ फागुन २०७६, ०८ : २३ मा प्रकाशित

१९ प्रतिशत व्याजबाट थलिदै सर्वसाधारण, १४ करोडमा खुलेको लघुवित्तको मुनाफा ६ महिनामै साढे २२ करोड

अर्थ संसार, काठमाडौं- गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा ९सात सय प्रतिशत०ले बढाएका छन् । यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा सम्भव हुँदैन, जब कि लघुवित्त त गरिब जनताको सेवा गर्ने उद्देश्यले खोलिएका हुन् ।

यीमध्ये कतिपय भर्खरै सञ्चालनमा आएका नयाँ संस्थाको नाफा त १५ हजार प्रतिशतसम्मले बढेको देखिन्छ । स्पर्श, स्वाभिमान, नयाँ नेपालजस्ता लघुवित्तको नाफा एकै वर्षमा हजारौँ गुणाको वृद्धि भएको छ ।

१४ करोड चुक्तापुँजी भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ६ महिनामै आफ्नो पुँजीभन्दा करिब दोब्बर नाफा गर्‍यो । यो लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । ६ महिना अवधिमै चुक्तापुँजीको तुलनामा एक सय ६१ प्रतिशत नाफा आर्जन गर्दा उसले एक वर्षमा त साढे ४३ करोड नाफा पुर्‍याउने देखिन्छ । यो संस्थाले गरिबको शोषण कुन तहमा गरेको होला भनेर अनुमान लगाउन सकिन्छ । जीवन विकासले वाणिज्य बैंकहरूबाट लिएको सापटी र निक्षेपसमेत गरी कुल आठ अर्ब ३४ करोड रुपैयाँ विपन्नलाई ऋण दिएर त्यति नाफा कमाएको हो ।

लघुवित्त कम्पनी खोलेर गरिबको शोषण गरी उच्च नाफा आर्जन गर्दै लाभांश खाने प्रयोजनले लगानीकर्ताले लघुवित्तमा लगानी गरेको देखिन्छ । लघुवित्त संस्थाले एकै वर्षमा ८० प्रतिशतसम्म प्रतिफल दिएर लगानीकर्ताको भने राम्रै सेवा गर्ने गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका संस्थाले यस वर्ष लगानीकर्तालाई अधिकतम ८० प्रतिशतसम्म लाभांश दिएका छन् । १५ करोड ९ लाख रुपैयाँ चुक्तापुँजी भएको नेसनल माइक्रोफाइनान्सले आव ०७५र७६ मा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरी लगानीकर्तालाई ८० प्रतिशत लाभांश प्रदान गरेको हो ।

राष्ट्र बैंककै तथ्यांकअनुसार १० वटा संस्थाले ४० प्रतिशतभन्दा बढी लाभांश दिएका छन् । सातवटाको लाभांश दर ३० भन्दामाथि ४० प्रतिशतभन्दा कम र ११ वटा संस्थाको २० प्रतिशतभन्दा माथि ३० प्रतिशतभन्दा कम छ । यही कारण आकारमा साना भए पनि यी संस्थाको सेयरमूल्य वाणिज्य बैंकहरूको भन्दा अत्यधिक छ । अहिले अधिकांश यी कम्पनीको मूल्य पाँच सयमाथि छ भने अधिकतम एक हजार नौ सयसम्म छ । लघुवित्त संस्थाहरूको प्रतिकित्ता सेयर आम्दानी ८७ रुपैयाँसम्म छ, यसको अर्थ सय रुपैयाँको सेयरले एक वर्षमा ८७ रुपैयाँ आम्दानी गर्छ भन्ने हो । नयाँ पत्रिबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको