Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ६ प्रतिशतले घटेकाले मंगलबारका लागि शेयर काराेबार बन्द

निशा हुमाँगाई

मंगलबार, २७ फागुन २०७६, १३ : १९ मा प्रकाशित

नेप्से ६ प्रतिशतले घटेकाले मंगलबारका लागि शेयर काराेबार बन्द

अर्थ संसार, काठमाडौं - आज (मंगलबार) का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर काराेबार बन्द गरिएकाे छ । कारोबार सुरु भएको तीन घण्टा नबित्दै नेप्से परिसूचक ६ प्रतिशतले घटेकाले आजका लागि शेयर काराेबार बन्द गरिएकाे हाे ।

स्टकका अनुसार १ बजेर १३ मिनेट जाँदा नेप्से सूचक ८६.३९ अंकले घटेर १३४९.३१ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १७.३५ अंकले घटेर २९०.३६ मा पुगेको छ ।

कारोबार सुरु भएको दोस्रो घन्टामा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि कारोबार रोक्ने चलन अनुरूप बजार स्थगित गरिएको थियाे । स्थगित गरिएको बजार खुल्ने बित्तिकै फेरि ६ प्रतिशतले घटेपछि भने दिनभरका लागि कारोबार रोकिएको हो । 

यस्ताे छ आजकाे शेयर तालिका :

5e67470c5ffd0.jpg 5e67470fc799c.jpg 5e6747162179d.jpg 5e67471c93b98.jpg 5e674722334d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको