Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

मंगलबार, २७ फागुन २०७६, ११ : २१ मा प्रकाशित

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीकाे फागुन २३ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७४/०७५ सम्मकाे सञ्चित मूनाफाबाट आर्थिक वर्ष २०७४/०७५ काे लागि हाल कायम चुक्ता पूँजीकाे १२.५ प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १ करोड ३२ लाख १० हजार १२८ रूपैयाँ नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

त्यसैगरी, बीमा समिति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमाेदन भएपश्चात उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e67319c25e26.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको