Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पिडितले पाउने भए दशै मनाउन १५ हजार रुपैयाँ

विहीबार, २० असोज २०७३, १५ : ३६ मा प्रकाशित

बाढी पिडितले पाउने भए दशै मनाउन १५ हजार रुपैयाँ


अर्थ संसार
काठमाडौ–मन्त्रिपरिषद् बैठकले बाढीपीडितलाई दसैँअघि थप १५ हजार दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि बाढी पिडितहरुलाई सरकारले १० हजार रुपैयाँ उपलब्ध गराएको थियो । जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा बाढीपिडितलाई दशैअघि नै थप रकम उपलब्ध गराउने निर्णय भएको हो । गत साउनमा वर्षाका कारण झापा, मोरङ, सुनसरी र सप्तरीका बासिन्दा बाढीबाट पीडित भएका थिए ।

त्यसैगरी मन्त्रिपरिषद्ले सरकारका सहसचिव र उपसचिवहरुसँग कार्य सम्पादन मूल्याङ्कनका लागि गठित समितिमा पूर्वसचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको छ । समितिले सहसचिवहरुसँग कार्य सम्पादन मूल्याङ्कन गर्ने तथा नेतृत्व विकास लगायतका विषयमा परामर्श दिनेछ । त्यस्तै बसेको बैठकले वन मन्त्रालयमातहत रहेका ४ सय ५० वनपालेको अस्थायी दरबन्दी यथावत् राख्दै लोकसेवा आयोगको परामर्शमा पछि निर्णय लिने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको