Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंककाे बाेनस शेयर शेयरधनीकाे हितग्राही खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

बुधबार, ०५ चैत्र २०७६, ११ : ४६ मा प्रकाशित

सिद्धार्थ बैंककाे बाेनस शेयर  शेयरधनीकाे हितग्राही खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरूको हितग्राही खातामा बाेनस शेयर पठाएकाे छ ।

बैंकले कार्तिक ७ गते सम्पन्न १८औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७५/०७६ काे मुनाफाबाट १० प्रतिशत बाेनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियाे । 

त्यसैगरी, बैंकले बुकक्लोज गरेको मितिसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बाेनस शेयर जम्मा गरेको हो ।

त्यस्तै, बैंकले हालसम्म पनि शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई आफ्नाे बाेनस शेयर पनि हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको