बिहिबार, २० चैत २०७६
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बैंकिङ्ग सेवा सम्बन्धि अत्यन्तै जरूरी सूचना
बुधबार, १२ चैत २०७६

अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई बैकिङ्ग सेवा सम्बन्धि अत्यन्तै जरूरी सचूना प्रकाशन गरेकाे छ । 

कोरोना भाइरस (Covid – 19) महामारीको रूपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव बढ्दै गैरहेकोले उक्त कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास स्वरूप नेपाल सरकारले देशभर लक डाउन (Lock Down) गर्ने निर्णय गरेसँगै बैंकले ग्राहक महानुभावहरूमा दिँदै आएको सेवामा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेकाे छ । 

यसैगरी, बैंकले आफूले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरू प्रयोग गरी बैकिङ्ग सेवा लिन सम्पूर्ण ग्राहकमा अनुरोध गरेको छ ।

त्यस्तै, बैंकले अहिलेकाे वर्तमान अवस्थामा बैंकका ग्राहकहरूमा आधारभुत बैकिङ्ग सेवा सम्बन्धि कुनै कठीनाई भएमा तल उल्लेख गरे बमोजिमको सम्पर्क नंम्बरमा सम्पर्क गरी बैंकबाट प्रदान हुने आधारभुत बैंकिङ्ग सम्बन्धि सेवाका बारेमा जानकारी लिन अनुराेध गरेकाे छ । 

 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved