Like us!
Follow us!
Connect us!
Watch us!

वास्तुबारे जान्नै पर्ने कुरा : वास्तुलाई बेवास्ता गर्दा यस्ताे समस्या (भिडियाे)

निशा हुमाँगाई

शनिबार, १५ चैत्र २०७६, १३ : १८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - वास्तु भनेको एउटा मान्छे हाे । ब्रह्माजीले संसार निर्माण गर्नुभन्दा अगाडि एउटा मान्छे बनाए जसलाई वास्तु पुरुष नाम दिइएकाे पाइन्छ ।

उक्त पुरूषले संसारकाे सबै कुरा खाने गर्न थाले पश्चात सम्पूर्ण देव-देवताहरूले ब्रह्माजीकाेमा पुगेर गुनासाे व्यक्त गर्न थाले । ब्रह्माजीले उनीहरूकाे गुनासाेलाई मध्यनजर गर्दै आफूले बनाएकाे मान्छेलाई आफूले नै हराउन नसक्ने भन्दै वास्तुलाई उल्टो गरेर जमिनमा सुताइदिए । त्यसाे गर्दा उसले केही खान नसक्ने भयाे । 

त्यस पश्चात उक्त वास्तुले आफूलाई किन यसाे गरीयाे भनी प्रश्न गर्दा बह्माजीले भने, ‘तिमीले सबै सृष्टि नै खाइदिन थाल्यौं । तर चिन्ता नगर तिम्रो पनि सम्मान हुनेछ । मानिसहरु जमिन किन्दा वा घर बनाउँदा तिमीलाई पूजा गर्नेछन् । मान्छेहरुले जग्गा जमिन लिँदा तिमीलाई पूजा गर्छ । मान्छेहरुलाई तिमी नोक्सान पनि गर्न सक्छौं र राम्रो पनि ।’

वास्तु शास्त्रमा ५ तत्वहरु एकदमै महत्वपूर्ण मानिन्छ । हावा, आगो, पानी, पृथ्वी र ब्रमाण्ड वास्तु शास्त्रकाे महत्वपूर्ण तत्वहरू हुन् ।

थप जानकारीका लागि हेर्नुहाेस् वास्तुबारे वास्तु कन्सल्टेन्ट प्रियंका अग्रवालसँगकाे कुराकानी :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको