Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकद्वारा (PPE) उपकरण सहयोग जारी

निशा हुमाँगाई

मंगलबार, १८ चैत्र २०७६, १६ : ५५ मा प्रकाशित

सनराइज बैंकद्वारा (PPE) उपकरण सहयोग जारी

अर्थ संसार, काठमाडौं - सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ ।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी, कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएका छन् ।

त्यस्तै, सोही कार्यक्रममा महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीले सनराइज बैंकद्वारा निभाएको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो भूमिका एकदम सराहनीय रहेको र यस्तो भूमिकाले सनराइज बैंक अझै माथि पुग्ने बताएका छन् ।  

साथै, प्रमुख कार्यकारी अधिकृत पौड्यालले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन गर्न थुप्रै योजना ल्याएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको