Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको गभर्नरमा ३ जनाको नाम सिफारिस, को बन्ला गभर्नर ?

निशा हुमाँगाई

सोमबार, २४ चैत्र २०७६, १३ : २७ मा प्रकाशित

राष्ट्र बैंकको गभर्नरमा ३ जनाको नाम सिफारिस, को बन्ला गभर्नर ?

अर्थ संसार, काठमाडौं - गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेकाे छ । 

अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले पूर्व अर्थसचिव राजन खनाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सिफारिस गरेको हो ।

यसैगरी, गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले  आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेका अर्थन्त्रालय स्रोतले जनाएकाे छ । आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एक जनालाई गभर्नर नियुक्ति गर्ने बताइएको छ ।

त्यसैगरी, चैत्र ५ गतेबाट तत्कालिन गभर्नर नेपालको पदावधि सकिएपछि चिन्तामणि सिवाकोटीले कामु गभर्नरका रूपमा राष्ट्र बैंक चलाइरहेका छन् ।

राजन खनाल :

सिफारिसमा परेका अर्थसचिव राजन खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् ।

चिन्तामणि शिवाकोटी :

यसैगरी, सिफारिसमा परेका चिन्तामणि शिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । उनी हाल कामु गभर्नरका रूपमा राष्ट्र बैंक चलाइरहेका छन् ।

महाप्रसाद अधिकारी :

त्यस्तै,  राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको