Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण

निशा हुमाँगाई

सोमबार, २४ चैत्र २०७६, १४ : ५५ मा प्रकाशित

काेराेना अपडेट : युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं - युएईमा थप ३ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । याे सँगै युएईमा कोभिड–१९ सङ्क्रमितकाे संख्या ११ पुगेकाे छ । 

यसैगरी, हालसम्म युएईमा २ जना नेपाली उपचार पश्चात निको भएका र ९ जनाको सामान्य अवस्थामा उपचार भइरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै, हालसम्म युएईमा १ हजार ७९९ व्यक्तिमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको, १४४ जना उपचार पश्चात निको भएका र १० जनाको मृत्‍यु भएको दूतावासले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको