Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली मस्जिदमा लुकेर बसेकाे अवस्थामा भेटीए ८ भारतीय काेराेना संक्रमित

सराेज खनाल

शुक्रबार, ०५ बैशाख २०७७, १६ : ५१ मा प्रकाशित

नेपाली मस्जिदमा लुकेर बसेकाे अवस्थामा भेटीए ८ भारतीय काेराेना संक्रमित

अर्थसंसार, काठमाडाैं-  मस्जिदमा लुकेर बसेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरसकाे संक्रमण भेटिएकाे छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका ८ जनामा काेराेनाकाे संक्रमण पुष्टी भएकाे हाे ।

काेराेनाकाे आशंका गरिएकाे  १० जनाकाे स्वाब परीक्षण गर्दा ८ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । मस्जितमा केहि भारतिय नागरीक लुकेर बसेकाे सूचना पाएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीले उनीहरुको स्वाब नमुना लिएको थियो। 

परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको उनीहरुको स्वाबकाे  रिपोर्ट पोजेटिभ आएकाे हाे। उक्त रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जनाएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको