Like us!
Follow us!
Connect us!
Watch us!

सूर्य दर्शन सहकारीको ३४ सय पृष्ठ लामो विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाइयो

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, २० : ०० मा प्रकाशित

सूर्य दर्शन सहकारीको ३४ सय पृष्ठ लामो विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाइयो

समस्याग्रस्त सहकारी सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाइएको छ ।

विशेषज्ञका रूपमा नियुक्त एफ सि ए अनिल लामिछाने, सहकारी विज्ञ दीपक प्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समिति लगायतले तयार गरेको ३४१९ पृष्ठ लामो प्रतिवेदन नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापाले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त कुमार शर्मालाई हस्तान्तरण गरेका हुन् । 

प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको