Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतमा १८ नेपालीको मृत्यु

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, ०८ : ४९ मा प्रकाशित

बेलायतमा १८ नेपालीको मृत्यु

अर्थ संसार, काठमाडौं - कोरोनाका कारण बेलायतमा थप एक जना नेपालीको मृत्यु भएको छ । याे सँगै बेलायतमा काेराेनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १८ पुगेको छ ।

रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले दिएकाे जानकारी अनुसार पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको हाे ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत साता अस्पताल भर्ना गरिएको थियो । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको