Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा झन्-झन् बढ्दै संक्रमित

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १२ : १८ मा प्रकाशित

भारतमा झन्-झन् बढ्दै संक्रमित

अर्थ संसार, काठमाडौं - भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा २ हजार ६४४ जना नयाँ संक्रमित भेटिएका छन् भने कोरोना भाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको छ । यस्तै, संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएकाे छ । 

भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ ।

गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका छन् भने २६२ जनाको मृत्यु भएको छ ।

राजधानी नयाँ दिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ ।

त्यसैगरी, मध्यप्रदेशमा २ हजार ८४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६२४ जना ठीक भएका र १५१ जनाको ज्यान गएको छ ।

उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४८७ जनामा कोरोना देखिएकामा ६८९ जना निको भएका छन् ।

त्यस्तै, भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको