Like us!
Follow us!
Connect us!
Watch us!

अब निःशुल्क हेर्नुस् डिसहोमका २०८ च्यानल

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १४ : ५९ मा प्रकाशित

अब निःशुल्क हेर्नुस् डिसहोमका २०८ च्यानल

अर्थ संसार, काठमाडौं - डिस मिडिया नेटवर्क लिमिटेडले (डिसहोम) लकडाउनका कारण वा अन्य विविध कारणले ६ महिना वा सो भन्दा लामो समयदेखि च्यालन रिचार्ज गर्न नसकेका ग्राहकका लागि च्यानलहरू निःशुल्क उपलब्ध गराउने भएको छ ।

डिसहोमले आज अर्थात वैशाख २१ गतेदेखि लागु हुनेगरी ३० दिन सम्मका लागि सम्पूर्ण (२०८ वटै) च्यानल निःशुल्क उपलब्ध गराउने भएकाे हाे ।

यसैगरी, विश्वभर महामारीका रूपमा फैलिएकाे कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएकाले अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपाएर रिचार्ज गर्न नपाएका ग्राहकहरुलाई मध्यनजर गरी यो सेवा ल्याएको हो ।

त्यसैगरी, डिसहोमले आफ्ना ग्राहकहरुले लकडाउनको समयमा रिचार्ज गर्न नपाएर च्यानल हेर्नबाट वञ्चित हुन नपरोस् भनेर क्रेडिट सेवा सुरु गरेको छ । जसमा पहिले पाँच दिनका लागि दिएको सेवाको समय थपेर १० दिन पुर्याएकाे छ । ग्राहकले रिचार्ज सकिएर तत्काल रिचार्ज गर्न सक्ने अवस्था नुहँदा १० दिनपछि तिर्न मिल्ने गरी क्रेडिट सेवा ल्याएको कम्पनीले बताएकाे छ । 

उक्त क्रेडिट सेवा लिन ग्राहकको मोबाइल नम्बर दर्ता भएको छ भने ग्राहकले ९८०१११२२३३ मा मिस्ड कल गरेर सेवा लिन सक्नेछन् र १० दिनपछि कार्यालयमा सम्पर्क गरी रिचार्ज किन्न सक्नेछन् । ग्राहकले क्रेडिट स्पेस ग्राहक युजर आइडी राखेर ३२५०० मा एसएमएस गर्दा १० दिनको लागि स्वतः च्यानलहरु खुल्ने व्यवस्था समेत गरिएकाे कम्पनीले जानकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको