Like us!
Follow us!
Connect us!
Watch us!

भेटिएनन् नयाँ संक्रमित, कति परे रेड जोनमा ?

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, १६ : ४८ मा प्रकाशित

भेटिएनन् नयाँ संक्रमित, कति परे रेड जोनमा ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लाे २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएकाे पुष्टि गरेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको जानकारी दिएका हुन् ।

त्यसैगरी, हालसम्म ६८ हजार ६ सय २ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १४ हजार ५ सय ०९ जनाको पिसिआर विधिबाट र ५४ हजार ९३ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ५१ जनाको परीक्षण गरिएकाे हाे । 

प्रदेश १ मा ६ हजार ५ सय ५९ जनाकाे, प्रदेश २ मा ५ हजार ३ सय ४८ जनाकाे, बागमतीमा ९ हजार ४४ जनाकाे, गण्डकीमा ६ हजार ३ सय ४९ जनाकाे, प्रदेश ५ मा ५ हजार ७ सय १३ जनाकाे, कर्णालीमा ६ हजार ६ सय ०८ जनाकाे  र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै, उनले हालसम्म १७ हजार ३ सय ७२ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ३ जना र बाहिर १३० जना गरी कुल १३३ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका  ९९ जना  जना संक्रमितमध्ये २२ जना निको उपचारपश्चात् निको भई घर फर्केका छन् । जसमध्ये तीन जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ । संक्रमितमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा ३ सय ३५ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको