Like us!
Follow us!
Connect us!
Watch us!

३० करोडकाे आइपीओ ल्याउन लागेकाे सानिमा जनरलको चुक्ता पूँजी कति छ ?

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, १५ : ५२ मा प्रकाशित

३० करोडकाे आइपीओ ल्याउन लागेकाे सानिमा जनरलको चुक्ता पूँजी कति छ ?

अर्थ संसार काठमाडाैं - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा २ करोड ६९ लाख ४७ हजार खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३२.४२ प्रतिशत धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले २ करोड ३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ९ करोड ४२ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ६ करोड ६५ लाख रुपैयाँले धेरै हाे । गत वर्ष कम्पनीले २ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ७० करोड रुपैयाँ, जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ र बीमाकोषमा ४ करोड ४१ लाख रुपैयाँ रहेकाे छ ।

त्यसैगरी, कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्दैछ । उक्त आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबीप्लस’ रेटिङ प्रदान गरेको छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb3de0c2e829.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको