Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण आज र भोलि उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, ०९ : ३९ मा प्रकाशित

यसकारण आज र भोलि उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (आइतबार) र भाेलि (साेमबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।

कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि  ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार– स्वयम्भु  फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हाे ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको