Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टाइनबाट फरार भइन् युवती

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १४ : २७ मा प्रकाशित

क्वारेन्टाइनबाट फरार भइन् युवती

अर्थ संसार, काठमाडौं - बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् ।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताएका छन् । काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शैय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए ।

उनी पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको