Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: काठमाडौं फर्किए पूर्वराजा ज्ञानेन्द्र

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, ०९ : ४७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडाैँ फिर्ता भएका छन् ।

कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा रहेका थिए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताएका छन् ।

पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको