Web Analytics Made Easy - StatCounter
मङ्गलबार, २० जेठ २०७७
गण्डकी विकास बैंकले बाेलायाे विशेष साधारण सभा, के-के छन् एजेन्डा ?
शुक्रबार, ०२ जेठ २०७७

अर्थ संसार, काठमाडौं - गण्डकी विकास बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे हिजाे (जेठ १ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ २१ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालयकाे प्राङ्गण, चिप्लेढुङ्गा, पोखरामा बिहान ११ बजेबाट सुरू हुनेछ । 

बैंकले सभामा मेगा बैंकसँग विलय हुन स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव लैजाँदै छ । यस्तै, बैंकले एक बराबर एक शेयर अनुपातमा मेगा बैंकसँग विलय हुन साधारण सभाबाट स्वीकृति प्रदान गर्ने भएको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved