Like us!
Follow us!
Connect us!
Watch us!

अब कोरोना संक्रमित भागेमा सुरक्षा निकायलाई गोली हान्ने अधिकार

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, १३ : ५२ मा प्रकाशित

अब कोरोना संक्रमित भागेमा सुरक्षा निकायलाई गोली हान्ने अधिकार

अर्थ संसार काठमाडाैं - बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुईजना संक्रमित भागेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत चलाउन सक्ने अधिकार दिएको छ ।

बिहीबार बसेको पर्सा जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले उक्त निर्णय गरेको हो ।

त्यसैगरी, संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने समेत निर्णय गरेको छ । संक्रमित भागेपछि कोरोना भाइरस फैलिने भएपछि भाग्न खोज्ने व्यक्तीलाई नियन्त्रणमा लिन आवश्यकता अनुसारको बल प्रयोग गर्नका लागि यस्ताे निर्णय भएको हो ।

त्यस्तै, उक्त बैठकमा नारायणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरलगायतको सहभागिता रहेकाे थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको