Like us!
Follow us!
Connect us!
Watch us!

थपिए ६ जना कोरोना संक्रमित : संक्रमितको संख्या २७३

निशा हुमाँगाई

शनिबार, ०३ जेठ २०७७, १० : ३७ मा प्रकाशित

थपिए ६ जना कोरोना संक्रमित : संक्रमितको संख्या २७३

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खुकी २८ वर्षीया महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्साको बिरगंज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ की  १८ वर्षीया किशोरी र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । 

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको