Like us!
Follow us!
Connect us!
Watch us!

काेराेनालाई जितेर फर्किए झापाका वृद्ध

निशा हुमाँगाई

मंगलबार, ०६ जेठ २०७७, १० : १३ मा प्रकाशित

काेराेनालाई जितेर फर्किए झापाका वृद्ध

अर्थ संसार काठमाडाैं - नेपालमा थप एक जना काेराेना भाइरसका संक्रमित निकाे भएर घर फर्किएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत  झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती उपचारपछि निको भएर घर फर्किएका हुन् ।

उनको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात २५औं दिनमा डिस्चार्ज गरिएको हाे । उनलाई वैशाख १२ गते भर्ना गरिएको थियो ।

त्यस्तै, याे सँगै प्रदेश १ मा काेराेना संक्रमणबाट निकाे भएर घर फर्किनेकाे संख्या १८ जना पुगेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको