Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

निशा हुमाँगाई

मंगलबार, ०६ जेठ २०७७, १२ : ५० मा प्रकाशित

भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

अर्थ संसार, काठमाडौं – भारतमा मङ्गलबारसम्म काेराेना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख नाघेको छ । 

गत २४ घण्टामा मात्र भारतमा ४ हजार ९७० जना कोरोना भाइरसका संक्रमित थपिएपश्चात संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, भारतमा सोमबार एकै दिनमा १३४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३ हजार १६३ जना पुगेको छ । संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र ३५ हजार ५८ जना नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा ११ हजार ७४५ संक्रमति रहेका छन् । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको