Web Analytics Made Easy - StatCounter
मङ्गलबार, २० जेठ २०७७
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, ०८ जेठ २०७७

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ४५७ जना पुगेकाे छ । 

भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रूपन्देहीमा गरिएकाे परिक्षणमा बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुरा-३ निवासी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् । 

Image may contain: text

 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved