Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य मन्त्रालयको विवरणमा अर्को पनि त्रुटि

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, १४ : ४० मा प्रकाशित

स्वास्थ्य मन्त्रालयको विवरणमा अर्को पनि त्रुटि

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको विवरण दिँदा अर्काे पनि त्रुटि गरेको छ । 

मन्त्रालयले आज (शुक्रबार) बिहान जारी गरेको कोरोना संक्रमितको विवरणमा सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ नम्बर वडामा संक्रमित भेटिएको उल्लेख गरिएकाे छ । तर उक्त नगरपालिकामा १२ वटामात्र वडा रहेका छन् । १३ र १४ नम्बर वडा नै नभएकाे गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले बताएका छन् ।

मन्त्रालयका यस्ता नियमित त्रुटिले गर्दा कन्ट्याक ट्रेसिङमा संलग्न अधिकारीलाई अफ्ठ्यारो पर्नुका साथै संक्रमित नै नभएको ठाउँका सर्वसाधारणमा पनि त्रास बढेकाे छ । 

मन्त्रालयले आज बिहान जारी गरेको संक्रमितको विवरणमा सर्लाहीकै रामनगर गाउँपालिकामा १५ जना संक्रमित रहेको देखिन्छ जुन पूर्णरुपमा गलत हो । रामनगर गाउँपालिकामा १ जनामात्र संक्रमित र गोडैतामा १४ जना संक्रमित भएका हुन् ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रबार बिहान ९ बजेको अध्यावधिक विवरणको भाषा त्रुटिपूर्ण भएको स्वीकार गरेका छन् । 

5ec798a393daa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको